विद्युत सर्ट भई आगलागी हुँदा ११ लाखको क्षति

समाचार

4/24/2019

बारा, ११ बैशाख । कोल्हवी नगरपालिका–७ दोधर्पा बस्ने बिन्दु चौधरीको गाई फार्ममा बिद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उक्त आगो निभाउने क्रममा गम्भीर घाइते भएका फार्मका चौकीदार सोही ठाउँ बस्ने ५५ वर्षिय सुक्रित चौधरीलाई उपचारको लागि नेशनल मेडिकल हुँदै थप उपचारको लागि भरतपुरतर्फ लगिएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ