रौतहट र वीरगन्जमा विद्यार्थीले गरे प्रर्दशन

समाचार

3/29/2019

रौतहट, १५ चैत । एसईईको शुक्रबार हुने सामाजिक विज्ञान बिषयको प्रश्न पत्र परीक्षा अगाडी नै बाहिरिएपछि परिक्षा दिन नपाएका बिद्यार्थीहरुले रौतहटको चन्द्रनिगाहपुरमा चक्का जाम गरेका छन् ।

परीक्षा केन्द्र पुगेर पनि परिक्षा दिन नपाएपछि आक्रोशित विद्यार्थीहरुले चन्द्रनिगाहपुरस्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए । आन्दोलित विद्यार्थीहरुले करिब आधा घण्टा सवारी आवत जावतलाई प्रभावित बनाएका थिए ।

बिहीबार मात्रै बिज्ञान विषयको परीक्षा दिएर पनि परिक्षा रद्ध भएको खबर सुनेको परिक्षर्थीले आजको समाजिक बिषयको पनि परीक्षा रद्द भएपछि आक्रोशित भएका हुन । स्थगित भएको बिज्ञान बिषय र समाजिक बिषयको परिक्षा परीक्षा अब चैत २२ र २३ गते हुनेछ । प्रदेश २ मा यस वर्ष लगातार दोस्रोपटक एसईई प्रश्नपत्र बाहिरिएको हो ।

यस्तै परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जमा एसईईका विद्यार्थीहरुले अराजक प्रदर्शन गरेका छन् ।
शुक्रबार सामाजिक विषयको परीक्षा दिन परीक्षा हलमा पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएको जानकारी पाएपछि त्यहाँबाट बजारमा आएर प्रदर्शनमा उत्रिएका थिए ।

वीरगञ्जको घण्टाघरमा टायर बालेर प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले तोडफोड पनि गरेका छन् । उनीहरुले ना१ख ७७८७ नम्बरको म्याजिक भ्यानमा समेत विद्यार्थीले तोडफोड गरेका छन् ।

उनीहरुले प्रहरीमाथि ढुंगासमेत प्रहार गरेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ९ जना सुरक्षाकर्मीसमेत ढुंगाले लागेर सामान्य घाइते भएका छन् । तोडफोडमा उत्रिएपछि बिहान प्रहरीले भीड नियन्त्रणमा लिन २ सेल अँश्रुग्याससमेत प्रहार गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ