विद्यार्थीहरुको आँखा परीक्षण

समाचार

6/19/2019

रौतहट, ३ असार । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालवामा संचालित नेमधारी बासुदेव नमूना विद्यालयमा मंगलबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

गौर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा डाक्टर शिव कुमार यादव नेतृत्वको चिकित्सक टोलीले कक्षा १ देखि १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुको आँखाको परीक्षण गरेको छ ।

एक हजार दुई सय पाँच जना विद्यार्थीको आँखाको गरिएको चेकजाँच मध्ये १७५ जना सामान्य समस्या फेला परेकोले निःशुल्क चश्मा दिने अस्पतालले प्रतिवद्धता जनाएको विद्यालय प्राध्यानध्यापक रविशंकर यादवले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ