नेपालगञ्ज, २ पुस । दाईजो प्रथा बिरुद्ध अभियानले विद्यार्थीहरुलाई जागरुक बनाउँदै आएको छ ।
देश व्यापी दाइजो प्रथा विरुद्ध अभियान आईतवारदेखि सुरु गरिएको अभियानलाई विद्यालय र मदरसामा केन्द्रित गरि अभियानलाई निरन्तरता दिईएको छ ।
सोमवार आइसा मदरसतुल बनात नेपालगन्जका विद्यार्थीहरुलाई दाइजो प्रथा अन्त्य गर्नुपर्छ दाईजो लिनु र दिनुहुन्न बारे अन्तरक्रिया गरिएको छ ।
करिब सय जना विद्यार्थीहरुलाई दाईजो बारे प्रशिक्षण गरिएको थियो । दाईजो लिने र दिने सँग विवाह समेत नगर्ने मुस्लिम विद्यार्थीहरुले प्रतिबद्धता समेत गरेका छन् ।
१० दिने दाइजो प्रथा बिरुद्ध अभियानको अभियन्ता इस्लामी संघ नेपालले गरेको छ । आईतवारदेखि सुरु भएको अभियान नेपालगन्जको आइडियल पब्लिक हाई स्कूलबाट सुरु गरिएको छ ।
देश ब्यापी दाइजो बिरुद्ध १० दिने अभियान पौष १ गतेदेखि १० गतेसम्म चल्ने इस्लामी संघ नेपालले जनाएको छ ।
हरेक दिन विभिन्न कार्यक्रमको आयोजना गरि १० दिने दाइजो प्रथा बिरुद्धको अभियान मनाउने संघका सचिव बद्रेआलम खानले जानकारी गराए ।
तपाईको प्रतिक्रिया