विद्यार्थी फोरमद्वारा ४८ घण्टे अल्टिमेटमसहित क्याम्पस प्रशासनलाई ज्ञापन

समाचार

4/8/2019

वीरगंज, २५ चैत । संघीय समाजवादी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम नेपालले सोमबार विभिन्न माग राख्दै ठाकुर राम बहुमुखी क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।

कलेजमा बढेको भ्रष्टाचारलाई नियन्त्रण, संचालन तथा पठन–पाठनमा आइरहेको समस्यालाई समाधान, प्रशासनिक अनियमितता सुधार, परीक्षामा कडाई, क्यान्टिन संचालन, क्याम्पसको आयव्यय सार्वजनिक गर्न, पुस्तकालय व्यवस्थित गर्दै नियमित संचालन गर्न लगायत माग राख्दै विद्यार्थी फोरमले क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहालाई ज्ञापन पत्र बुझाएको हो ।

विद्यार्थी फोरमका ठाकुर राम बहुमुखी क्याम्पस एकाई कमिटीका अध्यक्ष हरिन्द्र साहको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले क्याम्पस प्रशासनलाई २४ घण्टाको अल्टिमेटम दिँदै मागहरु सम्बोधन गर्न आग्रह गरेको छ ।

मागहरु सम्बोधन नगरिए तालाबन्दी लगायतका अन्य कडा आन्दोलन गर्ने चेतवानी समेत दिइएको थियो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा समाजवादी विद्यार्थी फोरम नेपालको जिल्ला अध्यक्ष एजाजबाबु रांकी, प्रदेश सदस्य अमित द्विवेदी, ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफ, रुस्तम अन्सारी, एकाई सदस्य अब्दुल रहमान, नासिर आलम, सरफराज आलम, आवीद हुशैन, रणधीर बरनावाल, मन्टु साहलगयातको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ