विद्यालय भवन शिलान्यास

समाचार

11/22/2018

पर्सा, ६ मंसिर । वीरगन्ज महानगरपालिका–१६, लक्ष्मणवामा छ करोडको लागतमा निर्माण हुने ३० कोठे सुविधा सम्पन्न तीन तले विद्यालय भवनको शिलान्यास भएको छ ।

यहाँस्थित नृसिंह माध्यमिक विद्यालयका लागि तीन कठ्ठा क्षेत्रफलमा विद्यालयलाई आवश्यक सबै सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको महानगरपालिकाका नगरप्रमुख विजय सरवागीले जानकारी दिए ।

उनले एशियाली विकास बैंक, नेपाल सरकार र महानगरपालिकाको संयुक्त लगानीमा सञ्चालित क्षेत्रीय विकास परियोजना अन्तर्गत निर्माण भइरहेको इनरबाइपास सडकको बीचमा विद्यालयको भवन परेपछि विद्यालयलाई नयाँ भवन निर्माण गरी उक्त जग्गा सडकमा मिलाइएकोे बताए ।

रु एक अर्ब ९२ करोड २० लाखको लागतमा क्षेत्रीय विकास परियोजनाअन्तर्गत महानगरपालिकाभित्र ३५ किलोमिटरमा विभिन्न सडक तथा नाला निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ