विपन्न आवास सहयोग कार्यक्रम शुरु

समाचार

1/7/2019

नेपालगञ्ज, २३ पुस । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ ।

फुसको छाना भएका कारण प्रत्येक वर्ष गर्मीयाममा नरैनापुरमा आगलागी भई बस्ती नै सखाप हुने गरेकाले फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो ।

चालू आर्थिक वर्षमा गाउँपालिकाका १२५ विपन्न घर परिवारलाई जस्तापाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा वडा नं ५ नयाँ बस्तीका ६० विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ