विपन्न किसानहरुलाई ५० लाख बढीको कृषि सामग्री हस्तान्तरण

समाचार

12/9/2018

कपिलवस्तु, २३ मंसिर । रुपन्देहीको दक्षिणी पश्चिमी पिछडिएको क्षेत्रमा एक कार्यक्रमका बीच स्थानीय किसानहरुलाई कृषिजन्य सामग्री तथा साधनहरु वितरण गरिएको छ ।

कोटहीमाई गाउँपालिकाको वडा नं ४ बैरघाटमा आइतबार एक कार्यक्रमका बीच उक्त सामग्रीहरु वितरण गरिएको हो । कतार च्यारिटी नेपालको सहयोग र लुम्बिनी एकीकृत विकास संस्था कपिलवस्तुको व्यवस्थापनमा उक्त सामग्रीहरु वितरण गरिएको हो ।

स्थानीय गाउँपालिकाले छनौट गरेका विपन्न तथा गरिव किसानहरुका लागि आयआर्जन गर्नका लागि जिविकोपार्जन परियोजना साना किसान सहायता कार्यक्रम संचालन गरी उनीहरुलाई साम्रगी वितराण् गरिएको हो ।

स्थानीय किसानहरुको खेत जोत्नका लागि २ वटा हाते ट्याक्टर १७ जना किसानहरुलाई ८,८ घारका दरले मौरीका घार, ३८ जनालाई एक सय वटाका दरले लेर्यस कुखुराका चल्ला तथा दाना र खोर निर्माणको लागी जाली वितरण, २५ थान खानेपानीको लागी हेण्ड पम्प वितरण तथा ११ जनालाई ५ वटाको दरले जमुनापारी बाखा्र वितरण गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै संघीय सांसद अतहर कमालले विपन्न किसानहरुको आयआर्जनका लागि तालिम तथा कृषिजन्य सामग्री वितरणले जिविकोपार्जन तथा आयस्तर उठाउन सहज हुने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ