विप्लव समूहका चार जना पक्राउ

समाचार

3/21/2019

कपिलवस्तु, ७ चैत । नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कपिलवस्तुबाट जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् । यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । यी नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ