विभिन्न किसिमका औषधीसहित दुई जना पक्राउ

समाचार

3/4/2019

काठमाडौं, १६ फागुन । सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ५ स्थित सत्रुधन चोकबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने २२ वर्षिय जाविर अलीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बोधेबसाईनबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

गस्तीमा खटिएको एपीएफ टोलीले निज अलीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन ३ सय वटा र ३ सय वटा नोफिन फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका अलीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ