विभिन्न पटाका बरामद

समाचार

10/1/2018

धनुषा, १४ असोज । जनकनन्दनी गाउँपालिका–१ ईनर्वाबाट मिनि बुलेट १७ बन्डल, कमाण्डो ९ बन्डल, नागिन ३५ बन्डल, हाईड्रोबम १० बन्डल, ग्राउण्ड चक्र ४ बन्डल, मिनि बुलेट ७ बन्डल र फुल झरी ९ बन्डल पटका प्रहरीले शनिबार फेला परी बरामद गरेको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोली उक्त स्थानमा लुकाई छिपाई राखेको अवस्थामा पटका फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ