राजविराज, २५ मंसिर । सवल नेपालको समुन्नती कार्यक्रम अन्तर्गत सप्तरीको खडक नगरपालिमा सञ्चालित विभिन्न योजनाको मंगलवार अनुगमन गरिएको छ ।
नगरपालिकाका मेयर हेमायु हक र उपमेयर यास्मिन सुल्तानको नेतृत्वमा सरोकारवाला र सञ्चारकर्मीहरुको दुई वटा टोली वनाई योजनाको अनुगमन गरिएको हो ।
मेयरको नेतृत्वमा वडा ७ कल्याणपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्र, ६ को राप्रावि कल्याणपुर, ९ को स्वास्थ्य चौकी, १० को आधारभुत विद्यालय डंग्राही र ११ को वालविकास केन्द्र भवन निर्माण कार्यको अनुगमन गरिएको छ ।
यसैगरी, उपमेयरको नेतृत्वमा वडा नं. ४ को वागेश्वरी राप्रावीको वालविकास, ३ को पंसेरा स्थित लक्ष्मी कृषक समुहद्वार संचालित सामुहिक खेती, ५ को खोजपुर स्थित आधारभुत विद्यालयको वालविकास केन्द्र, १ स्थित युवा जनजागृति प्राविको वालविकास केन्द्र र २ को स्वास्थ्य चौकी अनुगमन गरिएको छ ।
तपाईको प्रतिक्रिया