कृषकलाई विभिन्न शिर्षकमा अनुदान

समाचार

5/20/2019

विराटनगर, ६ जेठ । कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने उद्देश्य अनुरुप प्रदेश १ सरकारले कृषकलाई विभिन्न शिर्षकमा अनुदान रकम वितरण गरेको छ ।

समग्र कृषि क्षेत्रको प्रब्रद्र्धन र बजारीकरणका लागि कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरिएको हो ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबद्र्धन कार्यक्रम, मिल्क एनालाइजेर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी र्फमलाई ७० प्रतिशतसम्म अनुदान रकम दिएको हो ।

मन्त्रालयले पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरण, बधशाला स्थापना, मासु चिस्यान घर, दूध ढुवानी साधन खरिदलगायतका १४ वटा कार्यक्रमका लागि कृषकहरुलाई अनुदान दिएको हो ।

मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत पशुजन्य पदार्थ उत्पादन, बिबिधिकरण र बजारीकरणको प्रवद्र्धनका लागि १० लाखदेखि डेढ करोड रुपैयाँसम्म अनुदान दिएको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ