राजविराज, २१ चैत । राजविराजमा विमान सेवा बन्द भएपछि संघीय संसद्को संसदीय समितिको ध्यनाकर्षण भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजविराज विमानस्थलबाट सेवा बन्द हुनु दुखःद रहेको जनाउँदै चाँडै सेवा सञ्चालनका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
समितिका सभापति विमल श्रीवास्तव नेतृत्वको समितिले विमानस्थलको निरीक्षण गरेको थियो । समितिले बन्द हवाई सेवा पुनः सञ्चालनका लागि सरकारी निकायलाई आवश्यक निर्देशन दिने जनाएको छ ।
पूर्व सूचनाबिना गत सोमबारबाट सेवा बन्द गरिएको छ । यहाँ श्रीएयरलायन्सले हवाई सेवा दिँदै आएको थियो । श्रीले उडान बन्द गरेपछि यात्रु मर्कामा परेका छन् ।
नागरिक उड्डयन कार्यालय राजविराजका प्रमुख भीमदत्त पन्तले काठमाडौंका लागि उडानभर्ने श्रीएयरलाइन्सको जहाज मेन्टिनेन्सका लागि उतै राखिएकाले उडान रद्द गरिएको बताए ।
तपाईको प्रतिक्रिया