व्यक्तिगत पहुँच र भागवण्डाको आधारमा सिफारिस : बार

समाचार

4/24/2019

काठमाडौं, १० बैशाख । नेपाल बार एशोसिएशनले न्यायालयमा व्यक्तिगत पहुँच र राजनीतिक भागवण्डाको आधारमा सिफारिस हुने गरेको आरोप लगाएको छ ।

बारले कानूनअनुसार अपनाउनुपर्ने प्रक्रियासमेत मिचिएको दाबी गरेको हो । बैशाख ६ देखि ९ गतेसम्म बसेको कार्यसमिति बैठकले यस्तो दाबी गरेको हो ।

हालै सर्वोच्च अदालत र उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिमा गम्भीर असहमति राख्दै यसले अदालतमाथिको जनआस्थामा आघात पु¥याएको बताएको छ ।

संसदीय सुनुवाई औपचारिकतामा मात्र सीमित हुनुले संसदीय सुनुवाई पद्धतिप्रति पनि प्रश्न उठेको बैठकले निष्कर्ष निकालेको हो ।

न्यायपरिषदमा बार एशोसिएशनबाट प्रतिनिधित्व गर्ने सदस्यको भूमिकाप्रति पनि बारको वर्तमान नेतृत्वले प्रश्न उठाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ