व्यापार प्रवद्र्धन गर्न द्विपक्षीय समझदारी

समाचार

1/17/2019

काठमाडौं, ३ माघ । नेपाल–भारतबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपाल र भारतबीचको व्यापारलाई दुई देशको हितमा हुने गरी प्रवर्दन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदानप्रदानका विषय समेटिएका छन् ।

‘ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडि बढाउन द्विपक्षीय व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, अन्तर्राष्ट्रिय सेमिनारको आयोजनालगायत विषमा समेत सझदारी भएको चेम्बरले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ