‘समाजलाई समृद्ध बनाउन सिपलाई व्यवसायको रुपमा लैजानुपर्छ’

समाचार

5/8/2019

वीरगन्ज, २५ वैशाख । प्रदेश सांसद जन्नत अंसारीले समाजलाई समृद्धितर्फ डोर्याउन महिलालाई आफुले सिकेको सिपलाई व्यवसायको रुपमा अगाडी बढाउन आग्रह गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा टोलमा महिलाहरुको लागि आयोजित सिलाई, कटाइ तालिमको उद्घाटन गर्दै प्रदेश सांसद अन्सारीले महिलाहरुको विकासले मात्र मधेशी समाजको प्रगती सम्भव रहेको बताए ।
महिलाहरुको सिपमुलक विकासको लागी आफुले सक्दो सहयोग गर्ने बताउँदै प्रदेश सांसद अन्सारीले महिलाहरुको बिकासबाट मात्र समाजको प्रगति हुने विश्वास व्यक्त गरे ।

सांसद अन्सारीले यस सिलाई कटाई तालीमले रोजगारमुखी बन्न महिलाहरुलाई आर्थिक आर्जनको लागी उपयोगी हुने बताए । सांसद अन्सारीले तालीममा सहभागी भएर राम्रो सिलाई कटाई गर्न सक्ने महिलाहरुलाई व्यवसायिक रुपमा सिलाई कटाई गर्न चाहे सिलाइ मेसिन समेत सहयोग स्वरुप प्रदान गर्ने आश्वासन समेत दिए ।

निर्वाचन क्षेत्र विकाश कार्यक्रम अन्तर्गत प्रदेश सांसद जन्नत अन्सारीको संसदीय कोषको सहयोगमा सहयोगी नेपाल संस्थाले संचालन गरेको तालिममा वडा नम्बर १४ का २३ जना महिलालाई सिलाई कटाई ६० दिन सम्म तालिम प्रदान गरिने सहयोगी नेपालका अध्यक्ष तवरेज अहमदले जानकारी दिए ।

वडा अध्यक्ष भरत प्रसाद कुर्मीको अध्यक्षतामा संचालन भएको तालिम उद्घाटन कार्यक्रममा इन्जिनियर रविन्द्र देव, वडा सदस्य रफिक अन्सारी, तवरेज अंहमद र संसदीय प्रतिनिधी दाउद अन्सारीले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ