काठमाडौं, ३ बैशाख । नेपाल वायुसेवा निगमले भारतको नयाँदिल्लीमा थप उडान भर्ने भएको छ । हाल सातामा ११ वटा उडान भर्दै आएको निगमले मे १ तारिखबाट तीन उडान थप गर्ने भएको छ ।
निगमका सह–प्रवक्ता नवराज कोइरालाका अनुसार तीन उडान थप भएपछि निगमको दैनिक दुई उडान हुनेछ । बिहानको समयमा निगमको न्यारोवडिले उडान भर्नेछ भने दोस्रो उडान वाइडबडीले गर्नेछ ।
एक सय ५८ सिट क्षमताको न्यारोबडीले बिहान र दिउँसोको समयमा न्यारोबडीको दोब्बर अर्थात् २ सय ७४ सिट क्षमताको वाइडबडीले उडान गर्नेछन् ।
भारतको नयाँदिल्लीमा निगमको न्यारोबडीले उडान भर्दै आएकोमा चैत १८ गतेदेखि वाइडबडीले उडान भर्दै आएको थियो। उनका अनुसार नयाँदिल्लीबाट उडान भर्दैआएको जेट एयरवेजले उडान बन्द गरेपछि निगमले तीन उडान थप गरेको हो ।
तपाईको प्रतिक्रिया