वीरगंज कारागारमा रहेका कैदीबन्दीहरु सन्तुष्ट

समाचार

2/4/2019

वीरगंज, २१ माघ । वीरगंज कारागारको सुरक्षा व्यवस्थाका साथसाथै कैदीबन्दी विगत वर्षको तुलनामा नयाँ आन्तरिक प्रशासन भएदेखि कारागार भित्र रहेका १२ सयको हाराहारीमा कैदीबन्दीहरु सन्तुष्ट देखिएका छन् ।

विगत केही वर्ष अगाडि कारागारमा प्रत्येक ३–६ महिनामा कुनै न कुनै विवाद भइरहेका कैदीबन्दी आन्दोलनमा उत्रिन बाध्य हुन्थे ।

अहिले आएका नयाँ जेलर सुनिल खनाल र आन्तरिक प्रशासनका नायिके शेख भोलाको राम्रो व्यवहारले गर्दा कारागारमा रहेका कैदीबन्दीहरु चिन्तामुक्त भएको कारगार श्रोतले जनाएको छ ।

विभिन्न खाद्य सामग्रीहरु बाहिरको बजारभन्दा कुनै कुनै समानमा बजार र कारागार भित्रका उस्तै उस्तै मूल्य भएता पनि हरियो तरकारीमा बजारभन्दा केही कम दरमा भित्र पाउने गरेको समाचार प्रकाशमा आएको छ ।

किनकि कारागारमा रहेका आन्तरिक प्रशासनले १२ सय कैदीबन्दीहरुका लागि थोकमा खरिद गरी कैदीबन्दीको सुविधालाई मध्यनजर राख्दै २–४ रुपैयाँ कममा नै हरियो सब्जी तरकारीहरु पाउने गरेको आन्तरिक प्रशासनका नायिके शेख भोलाले जानकारी दिए ।

वीरगंज कारागारमा ११ सय ६१ जना पुरुष कैदीबन्दी र १ सय महिला कैदीबन्दी र ४ जना आश्रीत बालबालिकाहरु रहेको कारागार श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ