वीरगञ्ज, २२ पुस । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले क्रसस बोर्डर जर्नालिस्ट्स मीट आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल र भारतका मीडियासँग सम्बन्धित पत्रकारहरुको सहभागिता थियो । कार्यक्रमको एक्टिंग कौंसिल रमेश पी चतुर्वेदीले उद्घाटन गरे ।
मुख्य वक्ताका रूपमा भारतका प्रभात खबरका ब्यूरो चीफ ललित झा, हिमालिनी हिन्दी पत्रिकाकी सम्पादक डा. श्वेता दीप्ति, भारतीय पत्रकार सुजीत कुमार झासहित रहेका थिए ।
कार्यक्रममा नेपाल र भारतको सम्बन्धको चर्चा गरिनुका साथै दुई देशका साझा मुद्दाका बारेमा छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया