वीरगञ्जमा शहीद पार्कको शिलान्यास

समाचार

1/30/2019

भौतिक पूर्वधार विकास मन्त्री सोनलले शहीदको बलिदानलाई उच्च सम्मान गर्दै उहाँहरुको सम्झनामा प्रदेशको तीन स्थानमा शहीद पार्क निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए ।

उनले वीरगञ्जको घन्टाघर नजिकै रहेको बिपी उद्यान तथा सप्तरीको मलेठ र भारदहमा पार्क निर्माण गर्ने सरकारले निर्णय गरेको पनि बताए । वीरगञ्जको शहीद पार्कका लागि प्रदेश सरकारले हाल रु ७५ लाख विनियोजित गरेको र आवश्यकताअनुसार रकम थपिँदै जाने मन्त्री सोनलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ