वीरगन्जको छपकैयमा जनता–मेयर आमने सामने

समाचार

12/9/2018

वीरगन्ज, २३ मंसिर । वीरगन्जको छपकैयामा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज वडावासीको समस्या र विकास छनौटका लागि वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ मा आयोजिक कार्यक्रममा विभिन्न सुझाव तथा गुनासाहरु स्थानीयले नगर प्रमुख समक्ष राखेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख विजय कुमार सरावगीले दूरगामी सोच राखेर नाला तथा सडकहरुको निर्माणहरु गुरु परियोजनाअन्तर्गत राख्ने बताउँदै उनले विर्ता चौकदेखि सुख्खा बन्दरगाहसम्मको सडक निर्माण आवश्यक रहेको बताए ।

उनले सबै लिंक सडकहरुलाई ९ मिटर चौडा बनाउनु पर्ने भएको बताउँदै वडावासीले यसतर्फ अग्रसरता देखाए सघन सहरी विकासअन्तर्गत यो सडक निर्माण गरिने बताए ।

उनले महानगरपालिकाले ध्वनि प्रदुषण र प्लाष्टिक प्रयोगमा रोक लगाउने निर्णय गरिसकेको बताउँदै आगामी १ जनवरीदेखि यो निर्णयलाई कडारुपमा लागू गरिने बताए ।

कार्यक्रममा वडा अध्यक्ष मनोज साहले निर्माण भइरहेको भिन्नि योजनाहरुको बारेमा जानकारी गराउँदै वडावासीको विभिन्न समस्याहरुको बारेमा नगरप्रमुख सरावगीलाई जानकारी गराएका थिए ।

वडा सदस्य ओम प्रकाश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको जनता–मेयर आमने सामने कार्यक्रममा स्थानीयले असमसान घाट, छठघाट, धर्मशाला निर्माण, बिजुली, पानी सडक र नालाहरुको समस्याको बारेमा अवगत गराएका थिए ।

कार्यक्रममा नगरप्रमुखका राजनीतिक सल्लाहकार मुकेश गुप्ता, श्यासुन्दर साह कानु, वडा सदस्य नुर आलम मियाँ अंसारी, रितादेवी कलवार, शिव कुमारीदेखि लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ