वीरगन्जको विर्तामा मेयर–जनता आमने सामने कार्यक्रम सम्पन्न

समाचार

12/14/2018

वीरगन्ज, २७ मंसिर । वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न भएको छ । वडा वासीको समस्या र गुनासो तथा रायसुझाव र बुझ्नको लागी वीरगन्ज महानगरपालिकाको वडा नम्बर १३ को मुर्लीमा बिहिबार बिहान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगी समक्ष वडाका अगुवा ,स्थानिय जनप्रतिनिधिहरु भोग्दै आएका विभिन्न समस्या तथा गुनासाहरु राखेको थिए । कार्यक्रममा वडामा रहेको मुर्लीदेखि आयल निगम कार्यालयसम्मको सडकमा लाग्ने गरेको जाम, सडकको समस्या, बर्षातमा हुने डुबान लगायतका समस्याहरुको बारेमा ध्यानाकर्षण गराएका थिए ।


वडा सदस्य हकहित संरक्षण मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगन्जको मुर्ली चोकदेखि आयल निगमसम्मको बाटो जसरी पनि चौडा गरि निर्माण गर्ने बताए । उनले महानगरपालिकाले करलाई बैज्ञानिक तरिकाले लागु गर्नको लागी कर निर्धारण आयोग गठन गरिएको बताउँदै आयोगको प्रतिवेदन अनुसार लागु गरिने बताए । उनले सम्भवत वीरगन्जको मेनरोडलाई १५–१५ मिटर फराकिलो गर्ने निर्णय छिटै हुन लागेको बताउदै संघीय सरकारको निर्णयको पर्खाइमा विभिन्न महत्वकाक्षी योजनाहरु लागु हुन नसकेको बताए । नगर प्रमुख सरावगीले आफु जनताको मेयर भएको बताउँदै जनताको गुनासो र सुझावलाई प्रेरणाको रुपमा लिने गरेको बताए । उनले जनता मेयर, आमने सामने कार्यक्रमहरुको माध्यमवाट हरेक वडामा पुगेर जनताको गुनासा सुन्ने कार्यलाई निरन्तरर्ता दिइ राख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


वडा सदस्य लाल महामद मियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुखका सल्लाहकार मुकेश द्धिवेदी ,खाद्य संस्थानक कार्यालयका प्रमुख अम्बिका घिमिरे, वडा सदस्य राजकुमार लगायतका व्यक्तिहरुको विभिन्न राय सुझाव व्यक्त गरेको भने कार्यक्रमको संचालन सुरज कुमार कुर्मीले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ