वीरगन्ज, ७ माघ । दुई दशकपछि वीरगन्जमा सोमबारदेखि मेयरकप रनिङ्गकप प्रतियोगीता सुरु भएको छ । वीरगन्ज महानगरपालिकाको आयोजनामा वीरगन्जको नारायणी रंगशालाखमा सुरुभएको प्रथम मेयर रनिङ्गकप २०७६ सुरु भएको हो ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरागीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य प्रदीप यादवले शान्तिको प्रतिक परेवा उडाएर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले लगभग दुइ दशकपछि वीरगन्ज महानगरपालिकाले सुरुगरेको विद्यालय स्तरिय उक्त प्रतियोगीताले विद्यालयका छात्र–छात्राहरु बिच खेलप्रतिको नया उर्जा उत्पन्न गर्ने विश्वास गरे ।
उनले नगर प्रमुखको सक्रियतामा सुरुभएको उक्त प्रतियोगीतालाई अझ व्यवस्थित गर्दै महानगरपालिकाले निरतर्ता दिने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया