वीरगन्जमा महानगर योग विद्यालयको उद्घाटन

समाचार

12/10/2019

वीरगन्ज, २४ मंसिर । वीरगन्जको बिर्तामा महानगरस्तरीय योग विद्यालयको उद्घाटन भएको छ ।

एक कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उक्त विद्यालयको उद्घाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको सबै वडाहरुमा योग शिविर चलाउन आयोजकहरुलाई अनुरोध गरे ।

योग गुरु स्वामि रामदेव महराज र आयुर्वेदाचार्य बाबा बालकृष्णको कृपाले पुरा विश्व योग दिवस मनाइरहेको बताउँदै नगरप्रमुख सरावगीले महानगरबासीलाई निरोग बनाउन सबै वडाहरुमा योग शिविर चलाउन अनुरोध गरे ।

उनले महानगरपालिकाको सहयोग र पतञ्जली योग समिति पर्साको सहकार्यमा स्थापना भएको यो विद्यालयलाई अझ व्यवस्थित गर्न आफूबाट हुने सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नगर प्रमुख सरावगीले सम्पूर्ण महानगरवासीमा योगको बारे जनचेतना जगाउँदै योग शिविर चलाउन धेरै आवश्यक रहेको बताए ।

पतञ्जली योग समिति पर्साका जिल्ला अध्यक्ष नसिब लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज महानगरापलिका शिक्षा माहाशाखाका प्रमुख अरविन्दलाल कर्ण, उद्योगपति अशोक टेमानी, योगगुरु भिम प्रसाद शर्राफ र पतञ्जली योग समिति प्रदेश नम्बर २ का महासचिव किशोरी प्रसाद कलवार लगायतका व्यक्तिहरुले योग विद्यालय स्थापनामा महानगपालिकाबाट भएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै पतञ्जली योग समिति पर्साको सहकार्यमा महानगरपालिकाको सबै वडाहरुमा क्रमशः योग शिविर संचालन गर्ने कुरामा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ