वीरगन्ज। २० मंसिर । वीरगञ्ज महानगरपालिकाले वीरगन्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेकोको छ ।
नगर प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले आगामी पुस १७ गतेदेखि वीरगञ्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भूसालले वीरगन्ज नगरलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने र प्लाष्टिकको प्रयोगमा रोक विषय पेश गरेको प्रस्तावलाई कार्यपालिकाको बैठकले सर्वसहमतीबाट पारित गरेको छ ।
महानगरपालिकाको उक्त निर्णयलाइ सफल बनाउन जिल्ला ट्राफिक कार्यालय तथा स्थानीय संघसंस्थाहरुको समन्वयमा व्यापक जनचेतना कार्यक्रम शुरु गर्ने समेत निर्णय गरिएको जनाइएको छ ।
प्लाष्टिकजन्य पदार्थबाट वीरगञ्ज महानगरक्षेत्रमा भएको प्रदुषणलाई मध्यनजर गर्दै आगामी १ जनवरीबाट लागू हुने गरी प्लाष्टिकको ग्लास कप तथा प्लेटहरुको प्रयोग निषेध गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत भूसालको भनाइ थियो ।
तालिम, गोष्ठी, कार्यशाला तथा अध्ययन भ्रमण खर्च तथा तालिम, गोष्ठी, कार्यशाला तथा अध्ययन भ्रमण खर्च सम्बन्धी निर्देशिका, अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण देहायका नियमावली लगायत विभिन्न कार्यविधि एवम मापदण्डहरु परिमार्जन सहित स्वीकृत गर्ने बैठकले ९ बुँदे निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया