पर्सा, १२ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वीरगञ्ज चिनी कारखानाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
मंगलबार मन्त्री यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको चिनी कारखानाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।
सो अवसरमा उनले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरु जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गरेका हुन् । अहिले कारखाना परिसरमा उच्च अदालत जनकपुरकोे अस्थायी इजलास सञ्चालनमा रहेका छन् ।
चिनी कारखानाको स्वामित्व रहेका जग्गामध्ये कित्ता नं ११३१ मा रहेको दश बिघा जग्गा अदालतको पूर्वाधार निर्माणका लागि उपयुक्त हुने नहुनेबारे काठमाडौँ फर्केपछि यस विषयमा थप छलफल गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया