वीरगन्ज, २० माघ । प्रदेश नं.२ को शान मुस्लिम समुदायबाट आएकी जन्नत खानले वीरगन्ज महानरगपालिकाको विरोध गरेकी छन् ।
नेपाल आईडल शिजन २ को प्रतिस्पर्धामा छनौट भएकी जन्नत खानले सडक दुर्घटनाबाट बच्न र बचाउनका लागि वीरगन्ज महानरगपालिकाका मेयर र वडा नं.२४ रमगढवाका अध्यक्षको ध्यान केन्द्रित गराएकी छन् ।
सुख्खा बन्दर्गाहबाट पावर हाउसतर्पm आउने मुख्य सडकको बीचमा ३ मिटर लामो र एक मिटर चौडाई भएको सडक खाल्टोमा परिणत भएको सो खाल्टोमा हालसम्म दर्जनौ सवारी साधन दुर्घटना र दुई दर्जनभन्दा बढी यात्रु र चालकहरु दुर्घटनामा परि घाइते भएको रामगढवाका स्थानीयहरुले बताएका छन् ।
यसै सन्दर्भमा समाजमा सेवा पुर्याउने जाँगर राखेकी जन्नत खानले वर्षाैंदेखि सडक टुटेको अवस्थालाई यथाशीघ्र निर्माण वा सिमेन्टको प्लेट बनाई त्यो स्थानमा राखि दिएमा दुर्घटनाबाट जोगिन सकिने बताएकी छन् ।
तपाईको प्रतिक्रिया