विराटनगर, ७ माघ । मोरङको बुधनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) नेपाल र भारतका प्रधानमन्त्रीले आज भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आउने छ ।
आज नै भारतीय पक्षले आईसिपी नेपाललाई हस्तान्तर गर्ने कार्यक्रम रहेको छ । संघीय आयोजना कार्यान्वयन इकाई मोरङका सूचना अधिकारी राजु शर्माले आईसीपीको निर्माण पूरा भएकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत मंगलबार संयुक्त रूपमा उद्घाटन गर्ने जानकारी दिए ।
उद्घाटनलगत्तै नेपाललाई हस्तान्तरण गरिने र आईसीपी सञ्चालननमा आउने उनले बताए । नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।
लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग आईसीपीलाई जोडिएको छ ।
तपाईको प्रतिक्रिया