विराटनगर, २३ बैशाख । प्रदेश १ का १० वटा स्थानीय तहमा उत्पादित फोहोर व्यवस्थापनका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ ।
चाइना कन्च भेन्चर होल्डिङ लिमिटेडले विराटनगरपालिकासहित १० स्थानीय तहको फोहोर व्यवस्थापन गर्न लगानी बोर्डसमक्ष प्रस्ताव पेस गरेको छ ।
कम्पनीले फोहोर व्यवस्थापनमार्फत विद्युत् उत्पादनका लागि गत २६ चैतमा लगानी बोर्डमा प्रस्ताव पेस गरेको थियो ।
चिनियाँ कम्पनीले विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, कानेपोखरी गाउँपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिकालगायतका १० स्थानीय तहको फोहोर व्यवस्थापन गर्ने प्रस्ताव गरेको छ ।
तपाईको प्रतिक्रिया