विराटनगर, १५ बैशाख । बृहत विराट विकास क्षेत्रमा प्रदेश १ को सरकारले थप छ वटा स्थानीय तह थपेको छ । अब बृहत विराट क्षेत्रमा १८ वटा स्थानीय तह समेटिएका छन् ।
संशोधन गरी पछि थपिएको स्थानीय तहमा सुनसरीको कोशी गाउँपालिका र बराह नगरपालिका रहेका छन् ।
त्यसैगरी मोरङका रंगेली नगरपालिका, जदाहा, धनपालथान र केराबारी गाँउपालिका समावेश गरिएको छ ।
यसअघि वृहत विराट क्षेत्रमा मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिका समावेश थिए ।
यसैगरी सुनसरीतर्फ धरान र इटहरी उपमहानगरपालिका, दुहबी र रामधुनी नगरपालिका, बर्जु र गढी गाउँपालिका समेटिएका थिए । यी सबै स्थानीय तहको मध्य क्षेत्रमा सुनसरीको इटहरी उपमहानगरपालिका पर्छ ।
तपाईको प्रतिक्रिया