विगत वर्षको तुलनामा यस वर्ष विद्यालयले स्थापना दिवस भव्य रुपमा मनाउन लागेको हो । १९९६ पौष १६ गते देखि पठन पठन सुचारु गरेको विद्यालय आजदेखि ८० औ वर्षमा प्रवेश गर्न लागेको हो ।
गौर जन्मस्थल भएका श्रीवास्तव हाल वीरगंजमा बस्दै आएका छन । विद्यालयको वार्षिकोत्सवमा सांसद श्रीवास्तवलाइ नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । गौर नगरपालिका कार्यालयले नागरिक अभिनन्दन गर्ने बुझिएको छ ।
कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साह सहभागी हुने बताइएको छ । जुद्ध माध्यमिकको ७९ औ वार्षिकोत्सव समारोहमा गौर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिका मध्ये उत्कृष्ट कार्य गर्ने ५ जना शिक्षकलाइ नगद र प्रशंशा पत्र सहित पुरस्कृत गरिनेछ ।
शिक्षाको विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई पनि सम्मानित गर्ने कार्यक्रम तय गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको तयारी पूरा भएको विद्यालयका प्राध्यानध्यापक चन्देश्वर राउतले बताएका छन् ।
तपाईको प्रतिक्रिया