वरिष्ठ न्यूरो सर्जन डा.श्यामबाबू सम्मानित

समाचार

12/5/2018

बारा, १९ मंसिर । बारा एकेडमी अंग्रेजी माध्यमिक विद्यालय जीतपुर सिमराले एक कार्यक्रमका बीच एल.एस.न्यूरो एवं जेनरल होस्पिटलका संचालन एवं वरिष्ठ न्यूरो सर्जन डा.श्यामबाबू प्रसादलाई सम्मान गरेको छ ।

मांसिर ७ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका बारा जिल्ला जीतपुर सिमरा उपमहानगर पालिका बड़ा न.१६ निवासी एवं बारा एकेडमी विद्यालयका संस्थापक ७८ बर्षीय कमल प्रसाद खरेलको उपचारमा सफलतापूर्वक सम्पन्न गरेकोमा खरेलका छोरा एवं विद्यालयका संचालक हरिदेव खरेलले सम्मान गरेका थिए ।

१०० घण्टासम्म अचेत रहेका मेरा बुवालाई बचाउन अहम भूमिका निर्वाह गरेका डा. श्यामबाबू प्रसाद सहितको टोली लाई धन्यवाद एवं आभार प्रकट गरेका थिए । हरिदेवले भने आज एक पटक पुनः प्रमाणित नै भयो की डाक्टर भनेको भगवान हुन ।।एक फरक प्रसगमा उनले भने आफ्नै नगरीमा सुन हुँदा हुदै बहिरको पौलिस वाला सुन नकिन्उ।

सम्मान कार्यक्रममा अस्पतालका प्रबंधन निर्देशक रामप्रबेश प्रसाद,चिकित्सकहरु डा.गोरख मिश्रा,डा.बिकाश गुप्ता,डा.निसेस मण्डल,डा.संजय कुमार,अस्पतालका सुनिल पटेल,राधे यादव,ज्याउल हक,प्रहरी हवलदार रामस्वारथ यादव लगायतको उपस्थिति रहेको थियो ।

संचारकर्मीहरुसँग कुरा गर्दै डा.श्यामबाबूले भने राजधानी बाहिर भएको यस अस्पतालप्रति विश्वास गर्नु भएकोमा हार्दिक धन्यवाद दिँदै डाक्टरले आफ्नो कर्म ईमानदारी पूर्वक भूमिका निर्वाह गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ