राजविराज विमानस्थाल वैशाख २५ बाट पुनः सुरु हुने

समाचार

4/23/2019

राजविराज, १० वैशाख । सञ्चालनमा आएको १० महिना नबित्दै ठप्प भएको राजविराज विमानस्थलमा पुनः वैशाख २५ गतेदेखि विमान सेवा सञ्चालनमा आउने भएको छ ।

गएको चैत २० गतेदेखि राजविराज विमानस्थलबाट श्री एयरलायन्सले नियमित सेवा बन्द गरेको थियो । श्री एयरलायन्सका म्यानेजर सुरेश मल्लिकले विमानको इन्जिन मर्मत गर्न विमान युरोप पठाइएकोले सेवा अवरुद्ध भएको बताए ।

जहाज मर्मतको काम सकिनेबित्तिकै विमान सेवा सुरु गर्ने तयारी भैरहेको उनले जानकारी दिए । उनले वैशाख २५ गतेदेखि सातै दिन विमान सेवा सुचारु गर्ने तयारी भैरहेको जानकारी दिए ।

गएको वर्ष असार १० गतेदेखि नियमित विमान सेवा सुरु गरेको श्री एयरलायन्सले सुरुमा हप्ताको ५ दिन उडान भर्दै आएको थियो भने केही महिनामै प्राविधिक त्रुटि देखाउँदै हप्ताको ३ दिन मात्र उडान भर्न थालेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ