काठमाडौं, ६ जेठ । नेपाल वैश्य युवा संघले तीन दिवसीय नेतृत्व विकास तालीम संचालन गर्न लागेको छ ।
असार ७,८ र ९ गते काठमाडौं अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सभाहलमा नेतृत्व विकास तालिम सञ्चालन गर्न लागेको हो ।
वैश्य युवा संघले त्यसका लागि ९ सदस्यीय तयारी समितिसमेत गठन गरेको छ । सल्लाहकार महेन्द्र चौधरीको संयोजकत्वमा, सल्लाहकारहरु डा.सबरी साह र हरि नारायण साह सदस्य रहेका छन् ।
यसैगरी, सुनिता रौनियार, गम्भीर साह, हंसा साह, मनोज साह, गिता साह र योग नारायण साह तयारी समितिका सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया