विस्ताराको काठमाडौं उडान माघ २७ बाट

समाचार

1/15/2020

काठमाडौं, १ माघ । भारतीय निजी वायुसेवा कम्पनी विस्ताराले माघ २८ गतेदेखि दिल्ली–काठमाडौं उडान शुरु गर्ने भएको छ । कम्पनीले नेपाल उडानको तालिका सार्वजनिक गर्दै दिल्ली–काठमाडौं रुटका लागि बुकिङ खुला गरेको छ ।

कम्पनीले दिल्ली–काठमाडौ–दिल्लीमा दैनिक एक उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

सिंगापुर एयरलाइन्स र टाटा समूहको संयुक्त लगानीमा स्थापना भएको कम्पनीका लागि काठमाडौं चौथो अन्तर्राष्ट्रिय गन्तब्य हो ।

विस्ताराले नेपाल भ्रमण वर्ष २०२० को मुखमै प्रारम्भ गर्न लागेको यस उडानले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका अनुसार दिल्ली–काठमाडौं रुटको दुइतर्फी भाडा १६ हजार नौ सय ९९ ( नौ हजार नौ सय ९९ भारु) राखिएको छ । विजनेस क्लासको भाडा भने दुईतर्फी ६१ हजार नौ सय ९९ रुपैयाँ (३९ हजार नौ सय ९९ भारु) तोकिएको कम्पनीले सार्वजनिक गरेको छ ।

काठमाडौंमा भारतबाट जेट एयरवेजले निकै नाफामा उडान गरिरहेको थियो । जेटको उडान बन्द भएपछि दिल्ली–काठमाडौं रुटमा नेपाल वायुसेवा निगमले राम्रो अक्कुपेन्सीमा उडान गरिरहेको छ । यस रुटमा निगमले साताको १७ उडान गर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ