वास्तविक हरवा–चरवाको मुक्तिका लागि प्रदेश सरकार प्रतिबद्ध : राज्यमन्त्री मण्डल

समाचार

12/28/2019

सिरहा, १३ पुस । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वास्तविक हरवा–चरवाको मुक्तिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाईलमा जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाको शुक्रबार दोश्रो सम्मेलनमा प्रमुख आतिथिको रुपमा सम्बोधन गर्दै राज्यमन्त्री मण्डलले यसो भनेका हुन् ।

दासको अवशेषको रुपमा रहेको हरवा चरवालाई मुक्ति हुनुपर्ने भन्दै राज्यमन्त्री मण्डलले भने, ‘करिव एक लाखको हाराहारीमा रहेको हरवा चरवाको वास्तविक तथ्याङ्क हुनुपर्छ, त्यसपछि विश्लेषण गरेर वास्तविक हरवा चरवालाई प्रदेश सरकारबाट मुक्तिको घोषणा गराउन म आफनो तर्फबाट लागि पर्नेछु ।’

राज्यमन्त्री मण्डलले मधेश समृद्धिका लागि कुनै समुदाय तह तप्का विभेदको शिकार हुन्छ भने त्यो मान्य नहुने धारणा समेत राखेका हुन् ।

उनले भने, ‘म आफै जनजाति रहेकोले समस्या थाहा छ तर राज्यद्धारा विभेद र उत्पीडनमा परेको समुदायहहरु एक हुनुपर्छ । एकता नभएसम्म मुक्ति सम्भव छैन ।’

हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष मो. कासिमको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो । हरवा चरवाको सम्मेलनमा सिरहा जिल्लाका गैरसरकारी संघ संस्थाहरु, सामुदायिक विकास मञ्च लहान, भवानी एकीकृत विकास केन्द्र भवानीपुर, दलित विकास मञ्च सिरहा गोलबजार, दलित जनकल्याण यूवा क्लव लहान, समृद्ध फाउण्डेशन लहान र राष्टिय दलित नेटवर्क काठमाण्डौले सहयोगीको रुपमा रहेको थियो ।

हरवा चरवाको दोश्रो सम्मेलनमा खुल्ला सत्रमा सिरहा जिल्लाभरका हरवा चरवाको हजारौंको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक बिकास मञ्च लहानका अध्यक्ष विनोद चौधरिले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ