बुटवल, १४ जेठ । विद्यार्थीहरुको भविष्यलाई शुनिश्चित गर्ने उद्देश्यका साथ सेन्ट जोसेफ उमाविले प्रत्येक कक्षामा विद्यार्थी क्याप्टेन र उपक्याप्टेन छनौट प्रकृयालाई अपनाउँदा विद्यालयमा एक प्रकारको चुनावी माहोल सृजना भएको विद्यालयकका सहायक प्रार्चाय कमल पोखरेलले जानकारी गराएका छन् ।
पोखरेलका अनुसार कक्षामा क्षमतावान र उत्कृष्ट विद्यार्थीहरु हुँदाहुँदै मोनिटर (क्याप्टेन) नहुँदा विद्यार्थीहरुमा बढी आफू खुशी बढ्दै जान थालेपछि विद्यालयले विद्यार्थीहरुमा आपसी प्रतिस्पर्धा गराई सक्षम मोनिटर चुन्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रयास गरेको भलवारीका स्थानियहरुको बुझाई छ ।
सहायक प्राचार्य कमल पोखरेलका अनुसार कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले क्याप्टेन र भाईस क्याप्टेन छात्र, छात्रा तर्फ भोट हालेका थिए ।
जसमा तीन सय ५० विद्यार्थीहरु सहभागी भएको निर्वाचन प्रमुख विशाल गोतामेले जानकारी गराए । गोतामेका अनुसार छात्र तर्फ नमस काउछा विद्यालय क्याप्टेन र छात्रा तर्फ प्रकृति सुनुवार निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया