महोत्तरी, ६ चैत । जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले अगामी आर्थिक वर्षमा छात्राहरुको शैक्षिक विकासका लागि छात्रवृति लगायतका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
जलेश्वरमा नेपाल छात्रबृति कार्यक्रमअन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा आयोजित प्रथम त्रैमासिक छात्रा छात्रवृति वितरण गर्दै प्रमुख मिश्रले प्रदेश नम्बर २ को सातौं स्थानमा रहेको महोत्तरी जिल्लालाई प्रथम बनाउन आफू लागि परेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्षका कमलेश मण्डल, समाज विकास परिषदका अरबिन्द साह, समाज विकास परियोजनाका ममता मण्डल, मिडिया एड्भोकेसी ग्रुपका राकेश प्रसाद चौधरीसहितका वक्ताहरुले छात्रवृतिले विद्यालयमा छात्रा टिकाउन मद्दत गरेको बताए ।
कार्यक्रमका अतिथिहरुले ९९ जनालाई छात्रवृति वितरण गरेको कार्यक्रम अधिकृत प्रेम जैरुले बताए । छात्रवृतिको एकजना छात्रालाई रकम १२ सय देखि छ हजारसम्म रहेको छ । यो छात्रवृति एकदेखि स्नाकोत्तरसम्मका छात्राहरुलाई दिने गरिन्छ ।
संघका अध्यक्ष विक्रम पासवानको अध्यक्षतामा भएको छात्रवृति कार्यक्रममा छात्राहरु अमृत महरा, रुपा विश्वकर्मा, अनिशा विश्वकर्मा, साझा आवाजका जिल्ला परियोजना संयोजक सिजेन्द्र सदा, इन्ड्सका शम्भु रैकासहितका व्यक्तिहरुले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया