रौतहट, ५ कार्तिक । प्रदेश २ का मुख्यमंत्री मोहमद लालबाबू राउत गद्दीले संघीय सरकारका शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा माफियासित मिलेर शिक्षाको अवस्था धरासायी बनाएको आरोप लगाएका छन् ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिकाअन्तर्गत सरमुजवामा समाजवादी पार्टीको नगर कार्य समितिद्वारा शुभकामना आदान प्रदान तथा साइकल वितरण कार्यक्रममा प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्दै संघीयता विरोधी नेकपा सरकारका शिक्षामन्त्री पोखरेलले प्रदेश सरकारले गर्नु पर्ने कार्य संघीय सरकारले प्रयोग गर्दै आएकोले शिक्षाको अवस्था धरासायी भएको टिप्पणी गरे ।
उनले मानव सूचकांक, शिक्षा र स्वास्थ्यमा पछि रहेको प्रदेश २ लाई अझ पछाडि धकेल्ने दुष्प्रयास भैरहेको बताए ।
कृषि प्रधान प्रदेश २ रहेको जिकिर गर्दै मुख्यमन्त्री राउतले भने संघीयतालाई समाप्त पर्ने ठूलो षड्यन्त्र संघीय सरकारले गरिरहेको छ ।
बजेटमा विभेद, कर्मचारी आपूर्ति नगर्नु, समयमा बजेट नदिनु संघीयता कमजोर बनाउनु रहेको उनको ठहर रहेको छ ।
तपाईको प्रतिक्रिया