शिक्षा नाफा कमाउने क्षेत्र होइन : मन्त्री पोखरेल

समाचार

2/3/2019

काठमाडौं, २० माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् ।

शिक्षा क्षेत्रको लगानी नाफा कमाउनेभन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उनले उल्लेख गरे ।

चन्द्रागिरी नगरपालिका बलम्बुको रहेको जापान सरकारद्वारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने बताए ।

लगानीकर्ताले संविधानको भावानाअनुरुप कामलाई अघि बढाउनुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु हो भने ।

नाफाको आशा नगर्नुस् देशका लागि योगदान दिनुस् मन्त्री पोखरेलले भने ः शुल्क निर्धारण गर्दा सरकारी प्रणालीलाई लागु गर्नुस् ।

सार्वजाजिक शिक्षालाई सबल बनाउनु पर्ने बताउँदैं प्राविधिक÷व्यवसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाई थियो ।

यो बर्ष बिद्यालय बाहिर रहेका बिद्यार्थीलाई बिद्यालयमा ल्याउने र अर्को बर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी रहेको उहाँले जानकारी दिएका छन् ।

हामी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सामाजिक न्यायमा आधारित भएको समृद्ध राष्ट्र, सुखी नेपाली बनाउने एउटा बिराट अभियानमा छौं मन्त्री पोखरेलले भने ः शिक्षालाई नयाँ ढंगले अघि बढाए मात्र यो अभियान सफल हुन्छ ।

उनले शिक्षालाई श्रमसँग, श्रमलाई सिपसँग, सिपलाई उत्पादनसँग जोड्नुपर्ने उल्लेख गरे । शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारको रुपमा विकास गर्नुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा बिज्ञान प्रविधि जोड्नु अनिवार्य रहेको बताए ।

उनले भने ः बिज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा विकास गर्नुपर्छ । विश्वविद्यालय भनेको बिगतका ज्ञान दिने मात्र नभई नयाँ ज्ञान निर्माण गर्ने केन्द्र बन्नुपर्ने पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ