नेपाली सेनाद्वारा निर्मित शौचालय हस्तान्तरण

समाचार

4/4/2019

राकेश यादव,रौतहट, २० चैत । इन्द्रबक्स गण पुरेनवाद्वारा रौतहटको गौर नगरपालिका वडा नम्बर ६ सवगढा स्थित सवगढा आधारभूत विद्यालयमा निर्मित शौचालय एक कार्यक्रम विच विद्यालयलाइ हस्तान्तरण गरिएको छ ।

सामाजिक क्षेत्रमा कार्य गर्दै आएका नेपाली सेनाले विगत पछिल्लो समय देखि सरसफाईको क्षेत्रमा योगदान पुया¥उँदै आएको छ ।

नेपाली सेनाले सरसफाईमा कमी हुन नदिने र सरसफाईको कमीबाट हुन सक्ने संक्रमण न्यूनीकरण गर्ने उदेश्यले सार्वजानिक स्थलमा शौचालय निर्माणको थालनी गरेको हो । विद्यालयका बालबालिकाको लागि बनाइएको ४ सिटको शौचालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी किरण थापाले गरेका थिए ।

नव निर्मित शौचालयको साँचो गणपति प्रमुख सेनानी सूजन शाक्यले विद्यालयका प्राध्यानध्यापक महमद इस्लामलाइ बुझाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ