सिरहा, ६ पुस । शीतलहरबाट प्रभावितहरुलाई ईलाका प्रहरी कार्यालय सुखीपुरले सिरक र कम्बल वितरण गरेको छ ।
आइतबार सुखिपुर नगरपालिका ८ बस्ने सुर्जा मण्डल र ८० वर्षको जेष्ट नागरिक जगिया मण्डललाई शीतलहरको कारण कष्टकर अवस्थामा रहेको हुँदा उनीहरुलाई सिरक र कम्बल वितरण गरिएको डिएसपी अपिल बोहराले मधेशवाणीलाई बताएका छन् ।
उनीहरुलाई वडाध्यक्ष हरीवंश महतो र ई.प्र.का.सुखिपुरबाट प्रहरी नायब निरीक्षक राजन थापाको रोहबरमा १ थान सिरक र १ थान कम्बल वितरण गरिएको हो ।
यसैगरी, शनिबार विष्णुपुर गाउँपालिका–१ स्थित गाँउ कार्यपालिकाको कार्यालयको आयोजनामा उक्त गाउँपालिका अध्यक्ष जागेश्वर प्रसाद यादवको अध्यक्षतामा विभिन्न वडामा वृद्धवृद्धाहरुलाई १५ थान कम्बल वितरण गरिएको हो ।
सो कार्यक्रममा विशेष अतिथि प्र.जि.अ. गोपाल प्रसाद पराजुली, प्रमुख अतथि जि.स.स. का सभापति रामचन्द्र ठाकुर, अतिथि जि.प्र.का. सिरहा का कार्यालय प्रमुख, प्र. उ. उमा प्रसाद चतुर्वेदीलगायत स्थानीयबासी, बुद्धिजिबि, समाजसेबी, भद्रभलादमी, पत्रकार गरी करिब ७०÷७५ जनाको रोहवरमा “सार्वजनिक सम्पतिको संरक्षण प्रवर्दन सम्बन्धि परामर्श तथा बृद्धबृद्धाहरुका लागि न्यानो कम्बल बितरण कार्यक्रम”मा विष्णुपुर गा.पा.का विभिन्न वडा गरी बृद्धबृद्धाहरुलाई जम्मा १५ थान कम्बल वितरण गरिएको डिएसपी बोहराले जनाएका छन् ।
तपाईको प्रतिक्रिया