शीतलहरले मधेशको जनजीवन कष्टकर

समाचार

12/21/2018

सिरहा, ५ पुस ।  मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ ।

शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेशका बजारमा चहलपहल कम हुन थालेको छ । खासगरी गरीब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ ।

दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट बाँच्न परालको ओछ्यान र गोबर गुइठाबाट सल्काएको आगोबाट शरीरलाई न्यानो पारी जीवन बिताइरहेका छन् ।

अस्पतालमा अहिले रुघाखोकी, निमोनियाका बिमारीको भीड रहेको डा सुनील कुशवाहाले बताए ।सरकारी अस्पतालमा बिरामीको उपचारमा बढी समय लाग्ने भएकाले निजी अस्पताल, क्लिनिकमा बिरामी जाने गरेका छन् ।

चिसोले जनजीवन प्रभावित हुन थालेसँगै विद्यालय, क्याम्पसमा विद्यार्थी विगतको तुलनामा घटेका छन् ।  कुहिरो र चिसोले जनजीवन कष्टकर बनाउने गरेको छ ।

पूर्वी तथा मध्य मधेशका जिल्लामा दुई दिनदेखि चलेको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ ।

बिहान बाक्लो हुस्सुसँगै दिनभरिजसो कुहिरो लाग्नाले एक्कासि बढेको चिसोले सिरहालगायत प्रदेश नं १ को गाईघाट, झापा, मोरङ, विराटनगर र प्रदेश नं २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायतका जिल्लामो चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ । 

बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालक हेडलाइट बाल्न बाध्य छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ