शुद्धोधन गाउँपालिकामा महिलाहरुका लागि पोषणजन्य साम्रगी वितरण

समाचार

6/4/2019

कपिलवस्तु २१ जेठ । शुद्धोधन गाउंपालिका लवनी कपिलवस्तुले सुनौला हजार दिन भित्रका पोषण सम्वन्धी नियमहरु पूरा गरेका उत्कृष्ट १० महिलाहरुलाई पोषणजन्य साम्रगी वितरण गरेको छ ।

गाउँपालिकामा आयोजित कार्यक्रममा सुनौला हजार दिनभित्र ४ पटक गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा बच्चा जन्माउने, खानेपानी तथा सरसफाइको अवस्था राम्रोसँग पालना गरेका महिलाहरुलाई सम्मान स्वरुप पोषणजन्य साम्रगी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले बताए ।

सो अवसरमा फिल्टर, साबुन, सर्फ, ब्रस, बाल्टी, मग, अण्डा, क्याल्सिय औषधी, तेल लगायतको सेट बनाइ वितरण गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष सुधादेवी पाण्डेयले महिला दिदिबहिनीहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन र स्वास्थ्यपूर्ण सिप सिक्नका लागि साम्रगीले टेवा पुग्ने बताइन् ।

वितरण गरिएको साम्रगीले अन्य महिलाहरुलाई पोषणजन्य तथा स्वास्थ्यजन्य व्यवहार अपनाउन ज्ञान मिल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोखरेलले बताए ।

साथै महिलाहरुले पाएको साम्रगी प्रयोग गरी स्वस्थपूर्ण जीवनयापन अपनाउन पर्नेमा जोड दिए । सो अवसरमा जिल्ला पोषण अधिकृत इश्वरी प्रसाद न्यौपाने, वडा नं १ का अध्यक्ष तिलकराम यादव, लगायतले स्वास्थ्यपूर्ण वानी व्यवाहारको चर्चा गरेका थिए ।

साम्रगीले आफ्नो दैनिक जीवनमा सहयोग मिल्ने र आफूहरु सधैं पूर्ण सरसफाइ र पोषणको ज्ञान अनुसार वानी व्यवहार अँगाल्ने सुनौलो हजार दिनकी महिला सुनीता कुर्मीले बताइन् । कार्यक्रम पोषण फोकल पर्सन नेत्र प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ