राकेश यादव, रौतहट, ६ चैत । समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रीय सचिवालय सदस्य युवा नेता प्रकाश भाई मधेशियाले फागु पर्व सौहार्दपूर्ण वातावरणमा मनाउन सबैमा आग्रह गरेका छन् ।
मंगलवार गौरमा मधेशियाले आयोजना गरेको होली मिलान समारोहमा बोल्दै उनले स्नेह, मिलन एवं खुशीको पर्व होली रहेकोले सबैले भाईचारा कायम गर्दै होली खेल्नु पर्ने धारणा राखे ।
वर्षमा एक पटक आउने हिन्दूहरुको महान खÞुशीको पर्व होलीमा लोला हान्ने, जवर्दस्ती मुखमा रंग लगाउने, रक्सी सेवन गर्ने कार्य अशोभनीय रहेको हुँदा यस्तो कार्य नगर्न आग्रह गरे । अनुमति लिएर रंग अबीर लगाउन सुझाव दिए ।
नेता मधेशियाको आक्रोश, बदला लिने, मारपीट, झै झगडा गर्ने भावनाबाट माथि उठेर सदभावको सोच लिएर पर्व मनाउनु पर्ने तर्क रहेको छ ।
मदिरा सेवनले गर्दा आफ्नो क्षति हुने भएकोले आवश्यकता भन्दा बढी नशाजन्य पदार्थ सेवन नगर्न अनुरोध गरे । होली पर्वका दिन सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सम्वन्धित निकायलाइ ध्यानाकर्षण गराए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सभापति प्रेमचन्द्र झाले व्यंग गर्दै चर्चित एवं क्रियाशील भूमिका निर्वाह गर्दै राजनितिक क्षेत्रमा लागेका युवा जुझारू नेता मधेशियाको वैवाहिक सम्वन्ध चाडै हेर्न इच्छा रहेको बताए ।
होली मिलन समारोहमा सहभागी भएका विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुले एक अर्कालाइ अविर लगाएर होलिका शुभकामना आदान प्रदान गरे ।
तपाईको प्रतिक्रिया