शान्ति सुरक्षामा देखिएका चुनौति समाधान गर्न नेपाल प्रहरी सक्षम : प्रहरी महानिरीक्षक खनाल

समाचार

4/23/2019

काठमाडौं, ९ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताए ।

२०७५ सालमा नेपाल प्रहरीबाट सम्पादन भएका कार्य र हासिल उपलब्धीहरु सम्बन्धमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सुरक्षाको चुस्तता, शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्ने, अपराध अनुसन्धान तथा समाजमा हुने अवान्छित गतिविधिहरु नियन्त्रणका साथै त्यस्ता गतिविधिहरु निर्मूल गर्नेतर्फ नेपाल प्रहरी सदैव केन्द्रित रहेको बताए ।

अपराध नियन्त्रणमा २०७५ सालमा उल्लेख्य काम भएको चर्चा गर्दै उहाँले शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र सुढृढ बनाउन तथा अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले पूर्ण व्यवसायिक रुपमा पारदर्शी ढंगले काम गरिरहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ