रौतहट, ३० पुस । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन रौतहटको नवनिर्वाचित जिल्ला कार्य समितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सोमबार गौरमा सम्पन्न भएको छ ।
पुस २७ गतेका दिन नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा १३ जनाको उम्मेदवारी मात्र परेपछि र्निविरोध निर्वाचित हुन सफल भएका अध्यक्ष लगायतका पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो ।
निर्वाचित अध्यक्ष उमेश प्रसाद यादव, उपाध्यक्षमा नरेन्द्र प्रसाद श्रीवास्तव, सचिवमा राजदेव सिंह राजपूत, सहसचिवमा भैरो महतो, कोषाध्यक्षमा भागवत राय यादव, सह कोषाध्यक्षमा राजकुमार पंडितले शपथ ग्रहण गरेका छन् ।
यसैगरी, सदस्यहरुमा राम दिनेश सिंह, हरेन्द्र साह, लक्ष्मण राय यादव, दिनेश कुमार यादव, शिव शंकर भगत, राम एकवाल राय यादव र रामबाबू पंडितलाई निर्वाचन समितिका संयोजक चन्देशवर प्रसाद राय यादवले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन ।
जेष्ठ वयोवृद्ध सदस्य माया राम प्रसाद यादवले निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेको निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया