श्रीमतीलाई बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ

समाचार

6/8/2019

बाँके, २५ जेठ । आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेको अभियोगमा जानकी गाउँपालिका ३ मानपुर बस्ने ५९ वर्षीय पन्चराम हरिजनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिबादका कारण पन्चरामले आफ्नै श्रीमती ५० वर्षीया कप्तार हरिजनलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी भन्ने खवर प्राप्त हुनासाथै ईलाका प्रहरी कार्यालय खजुरा खुद्राबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ