श्रममन्त्रीको तीनमहिने कार्ययोजना सार्वजनिक

समाचार

1/7/2020

काठमाडौं, २२ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनाभित्र सम्पन्न गर्ने गरी २५ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादव पदबहाली भएको एक महिनाको अवधिमा भएका कार्यहरु र आगामी तीन महिनामा गरिने कार्यहरुको सूची सार्वजनिक गरिएको हो ।

मन्त्री यादव पद बहाली भएको एक महिनाको अवधिमा ३६ वटा कार्य योजनाहरु सम्पन्न गरेको विवरण सार्वजनिक गरेका छन् ।

यसैगरी, आगामी तीन महिनाभित्र गरिने कार्यहरुमा रोजगारीमूलक सीप विकास तालिम प्रदान गर्न निजी क्षेत्रसँगको साझेदारीमा कार्यास्थलमा आधारि एप्रेन्टिसिप तालिम कार्यक्रम सञ्चालन गरिने, राष्ट्रियस्तरमा सीप प्रवद्र्धनका लागि विकास तालिममा संलग्न सरोकारवालाहरुको सहभागितामा शीप प्रदर्शनी÷प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरिने, व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन सम्बन्धमा एकीकृत नीतिको प्रारुप तयार गरिनेछ ।

यस्तै, वैदेशिक रोजगारीको सिलसिलामा अंगभंग भएका र मृत्यु भएका व्यक्तिको हकवालाले स्थानीयस्तरबाटै सुविधा पाउने व्यवस्था गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारीमा खटिने श्रमिकहरुको दुघंटना बीमा गरिने कार्यक्रम रहेको छ ।

चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्यूनमत् १०० दिनको रोजगारी प्रदान गर्नेगरी स्थानीय तहहरुबाट रोजगार आयोजना सञ्चालनमा ल्याउने मन्त्री यादवको भनाइको थियो । साथै स्थानीय तहबाट सञ्चालन हुने रोजगार आयोजनाहरुको प्रभावकारी अनुगमन गरिने छ ।

आगामी तीन महिनामा १५ हजार रोजगारदाता र थप एक लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराइनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ